विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाण्डौ, सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर आज बिहानै भूकम्प गएको छ।
सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दू भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले जानकारी दिए।
यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ।
‘यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो,’ अधिकारीले भने, ‘यो सानो खाले भूकम्प हो।’
गोरखा भूकम्पपछि हजारौँ परकम्प गइसकेका छन्।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.