विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई सोमबार अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले आचार्यलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेले जानकारी दिइन् ।
नेपाली कांग्रेसका २७ र उनको दल नेकपा एमालेका २९ प्रदेश सभा सदस्यहरुको समर्थनमा आजै आचार्यले दाबी पेस गरेका थिए ।
केन्द्रमा कांग्रेस एमालेको नयाँ गठबन्धन बनेसँगै माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए ।
नेकपा एमाले लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेता लिला गिरी भए पनि केन्द्रको निर्देशनमा आचार्यले मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.