हेलिकोप्टर दुर्घटना : पाइलटको सकुशल उद्धार, काठमाडौं ल्याइँदै

सोलुखुम्बुको लोबुचेमा आज ९बुधबार० अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।

एन(एएमएस ९ढल्(ब्ःक्० कलसाइनको उक्त हेलिकोप्टर अवतरणको क्रममा बिहान करिब ७स्५२ बजे दुर्घटनामा परेको कम्पनीले जनाएको छ । हेलिकोप्टरमा केवल पाइलट विवेक खड्का मात्रै सवार थिए ।

कम्पनीका अनुसार, क्याप्टेन खड्का सकुशल रहेका छन् र उनलाई काठमाडौं ल्याइँदै छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट पारेको छ ।

उक्त हेलिकोप्टरले विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट लुबुचे उडान भरेको थियो ।

+