एमाले सचिवालय बैठक बस्दै, कांग्रेससँगको सहमति र भावी रणनीतिका विषयमा छलफल हुने

काठमाण्डू, नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ ।

यही १७ असारको मध्यराति भएको नेपाली कांग्रेससँगको सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।

+