विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं तारकेश्वर नगरपालिका ८लामबगरमा तीव्र गतिमा चलेको बस आइचरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।
शनिबार बिहान काभ्रेसथलीबाट सुन्धारातर्फ जार्दै गरेको बा ४ ख ६१११ नम्बरको बस रोकिराखेको आइचरमा ठोक्किएको हो। बसमा अत्यधिक मात्रामा यात्रु रहेका थिए।
क्षमता भन्दा बढी यात्रु बोकेर आएको उक्त बस तीव्र गतिमा रहेको र रोकेर राखेको बा ३ क १६६६ आइचरमा झुन्डिएर आएका सहचालक र एक यात्रु ठोक्किएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने घाइते भएका एक जनालाई त्रिवि अस्पतालमा उपचारको लागि लगिएको छ ।
उक्त क्षेत्रमा यहिँ वर्ष अन्य तीन वटा सवारी दुर्घटना भएको भन्दै सत्यतत्य छानबिन गर्न स्थानीयको माग छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.