सत्तारुढ दल नेकपा एमालेको सत्तारुढ दल नेकपा एमालेको सत्तारुढ दल नेकपा एमालेको

सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ ।

आज एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको विभागको टोलीले आज सञ्चारमन्त्री गुरुङ समक्ष सञ्चार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव पेस गरेको हो।

सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रसारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगार मूलक सञ्चारमाध्यमको प्रवर्द्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था लगायत छन् ।

सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरुङले यसलाई गम्भीरता कार्यान्वयनमा लाग्ने बताउनुभएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिए ।

+