एमाले संसदीय दलको बैठक बस्दै, नयाँ सरकार गठनका विषयमा छलफल हुने

काठमाण्डू, नयाँ सरकार निर्माणका विषयमा छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बिहान बस्ने छ । संसद बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

संसद बैठक बिहान ११ बजे बस्नेछ । दलको बैठक बिहान १० बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।

+