विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
प्रतिनिधि सभा बैठक आगामी भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ ।
आज बसेको बैठकमा माओवादी र एमाले सांसदहरुबीच भनाभनको स्थिस्ति सिर्जना भएपछि बैठक नै सरेको हो ।
यसअघि नै संसद्मा बहस भएको हिंसा शब्दले सत्ता र प्रतिपक्षी सांसदहरुबीच झगडाको स्थिति सिर्जना भएको थियो ।
गत भदौ ११ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्द प्रयोग गरेपछि तनाव भएको थियो । आजको बैठकमा उक्त शब्द असंसदीय नरहेको सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराएका थिए । त्यसपछि एमाले र माओवादी सांसदहरुले विरोध जनाएका थिए ।
करिब आधा घण्टा दुवै पक्ष आफ्नो अडानबाट टसमस नभएपछि अन्तमा सभामुख घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
आगामी भदौ ३० गते दिउँसो १ बजे बैठक बस्नेछ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.