विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा शनिबार दिउँसो भएको बस र इभी गाडी दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको विवरण सार्वजनिक गरिएको छ ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको ईभी माइक्रो गाडी आपसमा ठोक्किँदा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । मृतकका शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
घाइतेहरूलाई भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले सवारी आवागमन सुचारु भएको छ ।
मृतकहरू
१० मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती ।
२० मकवानपुर हेटौंडा ५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी ।
३० हाल नामथर वतन नखुलेको अन्दाजी १८र१९ वर्षीया महिला ।
४० हाल नामथर वतन नखुलेकी अन्दाजी २४र२५ वर्षीया महिला ।
५० हाल नामथर वतन नखुलेको अन्दाजी २२र२३ वर्षीया पुरुष ।
६० नामथर वतन नखुलेकी अन्दाजी ३०र३५ वर्षीया गर्भवती महिला ।
७० नामथर वतन नखुलेका अन्दाजी ३५र४० वर्षीया पुरुष ।
यी हुन घाइतेहरूस
१० मकवानपुर हेटौंडा उ।म।न।पा।१३ बस्ने १६ वर्षीय सक्षम थापा ।
२० मकवानपुर हेटौंडा उ।म।न।पा।१२ का वर्षीय ३२ को सिंहबिर घलान ।
३० मकवानपुर हेटौंडा उ।म।न।पा।४ का ३१ वर्षीय विष्णु लम्साल ।
४। मकवानपुर हेटौंडा उ।म।न।पा।८ का ३४ वर्षीया गंगा घलान ।
५० झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल ।
६० झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल ।
७० कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी ।
८० रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली ।
९० अछाम साफेबगर नगरपालिका १० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत ।
१०० कैलाली लम्कि चुवा नगरपालिका ८ बस्ने ४५ वर्षीय जम बुढा ।
११० कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा ।
१२० झापा गौरदह नगरपालिका ६ बस्ने ७० वर्षीया टिका न्यौपाने ।
१३० कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ६९ वर्षीय जम बा थापा ।
१४० कैलाली गोरीगगा नगरपालिका ११ बस्ने ३२ वर्षीया सुरेश बोगटी ।
१५० कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा ।
१६० कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ४८ वर्षीय बल सिंह बुढा ।
१७० रौतहट चपुर नगरपालिका ७ बस्ने ४५ वर्षीय वुलटन साह ।
१८ ० मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २६ वर्षीय अनिसा घिमिरे
१९० कालिकोट पलाता गाउँपालिका ४ बस्ने ५३ वर्षीय रत्न बुढा ।
२० ० झापा दमक नगरपालिका ८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल ।
२१० झापा मेचि ना पा १५ बस्ने २३ वर्षीय प्रवेश सौरेन ।
२२० सप्तरी राजविराज नगरपालिका ५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय ।
२३० कैलाली गोदावरी नागरपालिका ४ बस्ने ३४ वर्षीय महेश चौधरी ।
२४० मोरङ बेलबारी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन चौधरी ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.