प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

प्रतिनिधि सभाको आजको बैठक आज पनि बस्दैछ ।

बैठक ११ बजेदेखि सुरु हुने बैठकमा आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ।कर प्रस्तावबाहेक० माथिको छलफलमा सांसदहरूले धारणा राख्ने छन् ।

सांसदले धाराणा राख्नेक्रम आज सकिने छ । सांसदले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रतिनिधिसभामा गत ३० वैशाखदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो ।

सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो ।

+