विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
केपी शर्मा ओली नेतृत्वको सरकारका केही मन्त्रीहरुको मर्यादाक्रम हेरफेर भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्का सदस्यहरुको मर्यादाक्रम हेरफेर गरेको जानकारी गराएका हुन् ।
जस अन्तर्गत प्रधानमन्त्री ओलीपछिको पहिलो वरियतामा उपप्रधान एवं शहरीविकासमन्त्री प्रकाशमान सिंह रहेका छन् । त्यसपछिको वरियतामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
मौजुदा मन्त्रिपरिषद्को यसअघिका १३ जनाको मर्यादाक्रम उही कायम गरिएको छ । तर यसअघि मर्यादाक्रमको १४ औँ नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलको स्थानमा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई ल्याइएको छ । यसअघि पाण्डेको मर्यादाक्रम १६ रहेको थियो । भने स्वास्थ्यमन्त्री पौडेललाई मर्यादाक्रमको १६औँ नम्बरमा झारिएको छ ।

हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.