विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
काठमाडौं । चितवन । नारायणगढ —मुग्लिन सडक खण्डको सीमलतालबाट हिजो त्रिशूलीमा बगाएको दुई बस तथा बसमा सवार यात्रुको खोजी कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ । हिजो साँझ स्थगित गरिएको खोजी कार्य आज बिहानैदेखि सुरु गरिएको हो । खोजी कार्य आज वाटर ड्रोन प्रयोग गरिएको छ । शनिबार बिहानबाट सशस्त्र प्रहरी बालका गोताखोर हरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन् ।
पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता ९डीएसपी० शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनले भने–‘वाटर ड्रोनको पनि प्रयोग गरेका छौँ ।’
बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोर सहितको टिम परिचालन गरिएको छ । नेपाली सेनाका सहित २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । तर, शुक्रवार १५ घण्टा खोजी गर्दा पनि बस र यात्रुको अवस्था पत्ता लागेको छैन ।
शनिवार बिहानैबाट बसको खोजी कार्य थालिएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डमा ठुलो पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा लगेको खोजीमा संलग्न सुरक्षा अधिकृतहरू बताउँछन् । घटनास्थल नजिकै वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एन्जल डिलसक्सको पर्दा र बच्चाको ट्रयाकसुट भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।
दुई बसमा गरेर ५० जना बढी यात्रु रहेको जानकारी आएपनि चालक र सहचालकसहित नै बस बगाएको कारण सबैको पहिचान र यात्रुको संख्या अझै यकिन हुन सकेको छैन ।
हिजो बिहानदेखि साँझसम्म १४ घण्टाबढी गरिएको खोजी तथा उद्धारबाट पनि बस र यात्रुको उद्धारमा कुनै प्रगति हुन सकेन । लगातारको वर्षाका कारण त्रिशूली नदीमा उच्च बहाब रहेको छ भने पानी पनि धमिलो भएको कारण उद्धारबाट प्रगति आउन नसकेको चितवन प्रहरी प्रवक्ता डिएसपी रिजाल बताउँछन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.