रास्वपाको समानुपातिक सूचीमा गायक प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुझाएको समानुपातिक बन्दसूचीमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी ज्ञानेन्द्र मल्लको नाम पनि समावेश गरिएको छ । निर्वाचन आयोगमा सोमबार मध्यराति बुझाइएको सूचीअनुसार मल्ल आदिवासी जनजाति पुरुष क्लस्टरतर्फ पाँचौँ स्थानमा पर्नुभएको छ।

रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग सम्बन्धित प्रतिनिधिहरूलाई समेत समेट्दै कुल ११० जनाको नामावली निर्वाचन आयोगमा पेश गरेको छ ।

समानुपातिक सूचीअन्तर्गत आदिवासी जनजाति समूहको पहिलो नम्बरमा डा। राम रामा पर्नुभएको छ। त्यस्तै, चर्चित गायक प्रकाश सपुतलाई दलित पुरुष क्लस्टरतर्फ दोस्रो नम्बरमा समेटिएको छ ।

आदिवासी जनजाति महिला क्लस्टरतर्फ पहिलो नम्बरमा टासी लाजोमज्यू पर्नुभएको छ भने खस आर्य पुरुष समूहको पहिलो नम्बरमा विपिन कुमार आचार्यज्यू रहनुभएको छ।

त्यसैगरी, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायलाई समानुपातिक सूचीको छैटौँ नम्बरमा राखिएको छ । खस आर्य महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावलको नाम समावेश गरिएको छ ।

थारु समुदायअन्तर्गत पुरुषतर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरी पहिलो नम्बरमा पर्नुभएको छ। दलित पुरुषतर्फ रुपक विश्वकर्मा घिमिरे पहिलो नम्बरमा रहनुभएको छ भने दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा पर्नुभएको छ।

मधेशी समुदायअन्तर्गत पुरुषतर्फ डा। नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाललाई पहिलो नम्बरमा राखिएको । मुस्लिम समुदायको पुरुषतर्फ आसिफ शाह तथा महिलातर्फ समिना मियाँ पहिलो नम्बरमा पर्नुभएको छ।

+