विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरुमा सञ्चालित सैन्य आधार तालिम आज सम्पन्न भएको छ। विभिन्न ३६ स्थानहरुमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न आज सम्पन्न भएको हो।
उक्त सैन्य आधार तालिममा ३,५५० जना पुरुष तथा ८३४ जना महिला गरी कुल ४,३८४ जना सैन्यहरू दीक्षित भएका छन् ।
तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।
तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं।१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सैनिक तालिम महानिर्देशक श्री ध्रुव प्रकाश शाह, श्री नं।२ सैन्य तालिम केन्द्र, सैनामैना लगायत विभिन्न पृतना, बाहिनी तथा गणरगुल्महरुमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए ।
विभिन्न स्थानहरुमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.