विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका–२ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका–७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो ।
उनीहरुलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा ९३० को खण्ड ९च० बमोजिम विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत् उपभोक्तामध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गरिएको हो । नवनियुक्त कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव तथा गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन् ।
आजै सरकारले सञ्चालक समितिका २ सदस्यलाई बर्खास्त गरेको थियो । पदमुक्त हुनेमा कपिल आचार्य र भक्तबहादुर पुन रहेका थिए ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.