विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा २५ वर्षीय एक युवाले आफ्नै बाबुसहित दुई जनाको हत्या गरेका छन् ।
स्थानीय २५ वर्षीय हेमराज थारुले आज शुक्रवार बिहान करिब १०ः३० बजे ५० वर्षीय बुबा जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् । कोदालो प्रहारबाट उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
सो वडाका वडा सदस्य विकास क्षेत्रीका अनुसार, हेमराजले बुबा जयरामलाई कोदालो प्रहार गरेको देखेपछि नाथु धरिकाल छुट्याउन गएका थिए । उनलाई समेत हेमराजले जथाभाबी कोदाले प्रहार गरेका थिए ।
वडासदस्य क्षेत्रीका अनुसार, कोदालोले हानेर ढलाएपछि काटेर टाउको अलग बनाइएको थियो ।
हेमराजलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरीले घटनास्थलमा कोदालो बरामद गरेको छ भने हत्या किन र कसरी भयो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान जारी रहेको जनाएको छ ।
स्थानीयका अनुसार हेमराज केही समयअघि मानसिक समस्याबाट ग्रस्त थिए । उपचार गराएपछि ठीक भएको थियो ।
चौधरीको छिमेकीसमेत रहेकी सुनवल–२ की वडा सदस्य लक्ष्मीकुमारी हरिजनले हेमराजले बुवासँग पटक पटक विवाह नगराएको भन्दै विवाद गर्दै आएको बताइन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.