हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाँचै जनाको शव आजै काठमाडौं ल्याउने

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ५ जनाको शव संकलन गरिएको छ ।

एयर डाइनेष्टिको ९ एन–एइएक्स ९एएस–३५०० हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाँचै जनाको शव आजै काठमाडौं ल्याउने तयारी गरिएको छ ।

हेलिकप्टर दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीय समेतको सहयोगमा शव संकलन गरिएको हो ।

दिउँसो १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको सो हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानबाट सम्पर्क टुटेको थियो । हेलिकोप्टरमा चार जना चिनियाँ नागरिक जुदाड टाङ ९पुरुष०, जी लि ९पुरुष०, यियाद वु ९महिला० र जेमिङ सी ९पुरुष० रहेका थिए । भने उक्त हेलिकप्टर पाइलट हरुण मल्लले चलाएका थिए ।

शवहरु काठमाडौं ल्याइ पोस्टमार्टम गरेपछि परिवारलाई बुझाइनेछ ।

+