बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा, सैन्य हेलिकप्टर चढेर भारतमा शरण

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आज सोमबार राजीनामा दिएकी छिन् । बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको छ ।

गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ ।

हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।

अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको उल्लेख छ । यसअघि सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले सरकारी निवास गणभवन छाडिसकेको समाचार सार्वजनिक भएको थियो ।

उनले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहेकी थिइन् । तर त्यसो गर्ने मौकासमेत नदिइएको समाचार एजेन्सीहरुले लेखेका छन् । सरकारी जागिरमा आरक्षण ९कोटा० प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समयसेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्दैछन् ।


+