प्रधानमन्त्री ओलीले अल्टिमेटम दिएको एक साताअगावै त्रिविमा आठ डीन नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले पुस ७ गतेभित्र डीन नियुक्त गर्न निर्देशन दिएका थिए । त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजालका अनुसार, तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरी ८ डीन नियुक्त गरिएको हो ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।

डीन बन्नेमा शिक्षाशास्त्र संकायतर्फ प्रा।डा। वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानतर्फ सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानतर्फ प्रा।डा। मोहोनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा।डा। द्विविनन्द ढकाल, व्यवस्थापन संकायतर्फ प्रा।डा। महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ प्रा।डा। शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानतर्फ सहप्राध्यापक डा।किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानतर्फ प्रा।डा। सुशीलबहादुर बज्राचार्य छन् ।

यसैगरी, त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ । नियुक्त हुनेमा शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा। सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा।डा। मीना राजभण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा। लक्ष्मीकान्त शर्मा छन् ।

+