विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा आएको भीषण बाढीका कारण ४३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ, जसमा १५ बालबालिका पनि छन् । बेपत्ताहरूको खोजीका लागि सयौं उद्धारकर्मी ग्वाडालुप नदी क्षेत्रमा खटिएका बीबीसीले जनाएको छ ।
सबैलाई उद्धार नगरेसम्म खोजी नरोकिने बताउँदै केर काउन्टीका शेरिफ ल्यारी लेइथाले खोज कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । खोजी कार्य दोस्रो रातमा प्रवेश गर्दा सम्म स्थानीय क्रिश्चियन युवा शिविरमा सहभागी २७ बालबालिका अझै पनि सम्पर्कविहीन छन् ।
करिब ८५० जनालाई सकुशल उद्धार गरिएको भए पनि, केही अभिभावकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना बालबालिकाको मृत्यु पुष्टि गरिरहेका छन्।
राज्यका गभर्नर ग्रेग एबोटले शनिवार प्रकोप घोषणामा हस्ताक्षर गर्दै खोज तथा उद्धार अभियानलाई तीव्र बनाउने बताएका छन् । उनले भने, ‘जबसम्म प्रत्येक व्यक्ति सुरक्षित वा पत्ता लाग्दैन, तबसम्म हामी रोकिनेछैनौं।’
संघीय सरकार पनि सक्रिय रूपमा सहयोगमा जुटिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय प्रशासनसँग सहकार्य भइरहेको जानकारी दिएका छन् । गृह सुरक्षा सचिव क्रिस्टी नोएमले तटरक्षक दल परिचालन गरेर खोजीमा साथ दिने घोषणा गरेकी छन्।
मौसमविद्हरूले आगामी दिनमा थप वर्षा र बाढीको चेतावनी दिएका छन्, जसले स्थितिलाई अझ जटिल बनाउन सक्छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.