आज दिउँसो राष्ट्रियसभा बैठक बस्दै, सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि छलफल हुने

 राष्ट्रियसभाको बैठक आज दिउँसो १ स् १५ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने भएको छ।

बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिइनेछ। साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेश गर्नेछन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

आजै अर्थसमिति र कानून, न्याय तथा मानव अधिकार समितिको पनि बैठक बस्दैछ। अर्थसमितिमा वैकल्पिक विकास वित्त विधेयकमाथि छलफल हुनेछ भने कानून समितिमा ‘नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१’ को दफावार छलफल हुने कार्यसूची छ।

+