विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
चितवन, पहिरो खसेपछि मुग्लिङ– नारायणघाट सडक अवरुद्ध भएको भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान आएको लेदोसहितको पहिरो । बिहान५ बजे खसेको पहिरोका कारण मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको छ। अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुगिलनले जनाएको छ । तस्बिर ः हीरालाल गुरुङ÷रासस
चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ सडक अवरुद्ध भएको हो । सो सडक खण्ड बिहान ५ बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहानै सडकमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो । डोजर र स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोले सडक बन्दहुँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको छ । काठमाडौँबाट बाहिरिँदै गरेका र काठमाडौँ भित्रिँदै गरेका हजारौँ यात्रु बीच बाटोमै रोकिएका छन् ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.