सुमेरु सहकारीका राजबहादुर सिंहसँग सहकारी ठगी प्रकरण समितिले लियो बयान

 सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले सुमेरू बचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग सोधपुछ गरेको छ ।

आज समितिले सिंहसँग सोधपुछ गरेको समितिका संयोजक सूर्यबहादुर थापाले जानकारी दिए ।

सो क्रममा सिंहले आफ्नो व्यक्तिगत सम्पत्तिबाट समेत पीडितहरुको बचत रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।

हाल बन्द अवस्थामा रहेको उक्त सहकारी पुनः सञ्चालनमा ल्याउने तयारी गरेको समेत बताएका छन् । नयाँ सञ्चालक समिति ल्याएर सहकारी सञ्चालन गर्ने तयारी भइरहेको र बचतकर्ताहरुको रकम फिर्ता गर्ने बताए ।

समस्याग्रस्त सहकारीका सञ्चालक र सहकारी ठगी प्रकरणसँग जोडिएका व्यक्तिहरुसँग समेत छानबिन समितिले बयान लिने तयारी गरेको छ ।

+