विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
हेटौंडा उपमहानगरपालिका १६ गैरीगाउँ माछापोखरीमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभर खोजी गर्दा पनि फेला परेको छैन।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा गाडी पत्ता लगाउन भासिएको खाल्डोको पानी सुकाएर खोजी गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० श्यामु अर्यालले जानकारी दिए ।
डीएसपी अर्यालका अनुसार पानी सुकाउने क्रममा खाल्डो वरपरको माटो खसेर पुरिँदै गएकाले खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ।
खाल्डोको छेउछाउमा जान सक्ने अवस्थासमेत नरहेको र बाँस डुबाउँदा पनि गाडीको कुनै भाग फेला नपरेको उनले बताए।
शुक्रबार दिउँसो गैरीगाउँको कच्ची सडकमा घाँस काट्ने मेसिन लिएर गइरहेका स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी सडक भासिएर पानी जमेको खाल्डोमा डुबेको थियो।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार गाडी भासिएको करिब ५ सेकेन्डमै पानीमा पुरै डुबेको थियो।
गाडी डुबेको ठाउँ नजिकै माछापालनका लागि खनिएको बोरिङ पनि भासिएकाले सोही कारण जमिन भासिन पुगेको अनुमान गरिएको छ।
गाडीका चालक र सहचालक भने भागेर ज्यान जोगाउन सफल भएका थिए।
प्रहरीले स्थानीयको सहयोगमा आइतबार पनि बेपत्ता गाडीको खोजी कार्य जारी राख्ने जनाएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.