विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ । साथै, पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि बैठकमा विशेष रूपमा छलफल हुने बताइएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि सभापति थापाले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा पार्टीभित्र मत विभाजन देखिएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यसैबिच, आगामी महाधिवेशनको तयारी र पार्टी पुनर्संरचनाबारे पनि बैठकले ठोस निर्णय लिन सक्ने नेताहरूको भनाइ छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.