बैतडीको खलङ्गामा ५.१ रेक्टर स्केलको भूकम्प

बैतडीको खलङ्गा क्षेत्रमा ५।१ रेक्टर स्केलको भूकम्प गएको छ।

शुक्रवार राति १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दू बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ।

भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ।


+