विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका बालयौन दुराचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।
अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आफ्नै घरमा काम गर्ने नाबालिगमाथि यौन दुर्व्यवहार गरेको मुद्दामा मोरङ जिल्ला अदालतले उनलाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भएको थियो ।
गत असार ३२ गते यो फैसला आएको भएपनि उनी शक्तिको आडमा पक्राउ परेका थिएनन् । नेपाली कांग्रेसका ‘हाइ प्रोफाइल’ नेताहरूसँग संगत भएका उनी पहुँचको आधारमा लामो समयदेखि पक्राउ परेका थिएनन् ।
अमेरिकाको टेक्ससमा बस्दै आएका उनी घर आएका बेला गत वैशाखमा यौन दुर्व्यवहारको घटना बाहिरिएको थियो ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.