टीआरसीमा सहमति जुटाउन दलहरु छलफलमा

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन९ २०७१ लाई संशोधन गर्न बनेको विधेयक ९टीआरसी०मा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ।

संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन्। दलका नेताहरुले आजको बैठक सहमतिको लागि निर्णायक हुन सक्ने बताएका छन्।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा संयन्त्रमा छन्।

आजको बैठक कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी र महान्याधिवक्ता रमेश बडाल लगायत सहभागी छन्।

पटकरपटकका छलफलपछि मुख्य दलहरु संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने समझदारीनजिक पुगेका छन्।

+