रास्वपा कार्यकर्ता र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त बनेको छ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज बुधबार बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।

झडपमा प्रहरीतर्फ २० जना घाइते भएका छन् । रास्वपातर्फ भने सोही संख्यामा घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपा कार्यकर्ताले ढुंगा प्रहार गरेपछि बाध्य भएर प्रहरीले बल प्रयोग गरेको थियो ।

+