विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले एसियाली खरिदकर्ताका लागि तेलको मूल्यमा भारी कटौती गरेको छ ।
साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोले मे महिनाका लागि फ्ल्यागशिप अरब लाइट क्रुडको बिक्री मूल्य मूल्य प्रतिब्यारेक २।३० डलरबाट घटाएर १।२० डलर कायम गरेको हो । यो पछिल्लो चार महिनाकै न्यून हो । तर, यो मूल्य दुबई र ओमानको औसत मूल्यभन्दा बढी हो ।
हालै मात्रै तेल उत्पादक तथा निर्यातकर्ताको समूह ओपेक प्लसले तेलको उत्पादन बढाउने निर्णय गरेको थियो । यहीबिचमा साउदी अरबको यस्तो निर्णय सार्वजनिक भएको हो ।
गत बिहीबार आठ वटा ओपेक प्लस राष्ट्रहरूले कच्चा तेलको उत्पादन कटौती गर्ने योजनाविपरीत मे महिनामा प्रतिदिन ४ लाख ११ हजार ब्यारेल कच्चा तेलको उत्पादन बढाउने निर्णय गरेका थिए । यो खबरका साथै अमेरिकी ट्यारिफले निम्त्याएको विश्व व्यापार युद्धको जोखिमले विश्व बजारमा कच्चा तेलको मूल्यमा व्यापक गिरावट आएको छ ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.