मनाङमा हिउँमा फसेका १५ सय जनाको नेपाली सेनाद्वारा उद्धार

मनाङका विभिन्न स्थानमा हिमपातमा फसेका १ हजार ५ सय जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

नेपाली सेनाले तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे इलाकाहरूमा मंगलबारदेखि परेको भारी हिमपातका कारण फसेका करिब १५०० जनालाई उद्धार गरेको हो ।

तीमध्ये २०० भन्दा बढी विदेशी पर्यटक रहेको जनाइएको छ ।

स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयको सहकार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो ।  


+