गत वर्ष भन्दा साढे १६ प्रतिशतले बढ्यो रेमिट्यान्स, १४ खर्ब ४५ अर्ब भित्रियो

गत आर्थिक वर्ष २०८०र८१ मा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा आइतबार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो आर्थिक वर्ष २०७९र८० को तुलनामा १६।५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३।२ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगतरनयाँ० लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ छ । अघिल्लो वर्ष भने यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ थियो ।

त्यसैगरी, समीक्षा अवधिमा खुद ट्रान्सफर १४।७ प्रतिशतले वृद्धि भएर १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२।५ प्रतिशत थियो ।

+