खानपानको अनियमित बानी र खराब जीवनशैलीका कारण पेटसँग सम्बन्">
खानपानको अनियमित बानी र खराब जीवनशैलीका कारण पेटसँग सम्बन्">
खानपानको अनियमित बानी र खराब जीवनशैलीका कारण पेटसँग सम्बन्" />
खानपानको अनियमित बानी र खराब जीवनशैलीका कारण पेटसँग सम्बन्धित धेरै प्रकारका समस्या हुन सक्छन् । जसमध्ये एसिडिटीको समस्या पनि एक हो । यसलाई हामी ग्यास्ट्रिक पनि भन्ने गर्छौं । सडेगलेको, कुहिएको र धेरै मसलादार खाना खाँदा एसिडिटीको समस्या आउने गर्छ । पेट र छाती पोल्ने भएमा पनि पेटमा एसिडिक ग्यास बढ्न थाल्छ । जसका कारण छातीमा जलनको समस्या बढ्दै जान्छ । एसिडिटी समस्याबाट छुटकारा पाउन हामीले केही घरेलु उपायहरु अपनाउन सक्छौँ । जसले हामीले तुरुन्तै राहत प्रदान गर्छ । यसबाट बच्न के(के खाने रु केरायदि एसिडिटीले धेरै सताइरहेको छ भने केरा खानुपर्छ । किनभने केरामा फाइबर हुन्छ । यसले पेटको एसिडिटी कम गर्छ । केराबाहेक खरबुजा खाँदा पनि राहत मिल्छ । बदामबदाममा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यसले एसिडिटीको समस्या कम गर्छ । बदामले एसिड घटाउन मद्दत गर्छ र छातीको जलनलाई कम गर्छ । पुदिनाको पातयदि हामी पेटको समस्याबाट पीडित छौँ भने हामीले पुदिनाको पातको प्रयोग गर्ने गर्नुपर्छ । पुदिनाको पातले एसिड रिफ्लक्स कम गर्छ । साथै यसले पेटको ताजापन पनि कायम राख्छ । मोहीएसिडिटी भएमा मोहीको सेवन गर्न सकिन्छ । मोही पिउँदा एसिडिटीबाट राहत मिल्छ । यसले पेटमा शीतलता प्रदान गर्छ । एक गिलास मोहीमा मरिच र धनियाँ मिसाएर पिउँदा एसिडिटीबाट छिट्टै राहत प्राप्त गर्न सकिन्छ । अदुवाहामीले एसिडिटी भएको समयमा अदुवा पनि खान सक्छौँ । जुन एन्टिइन्फ्लेमेटरी गुणले भरिपूर्ण हुन्छ । यो एसिडिटीका लागि धेरै फाइदाजनक हुन्छ । अदुवा खाँदा पाचन प्रणालीमा सुधार आउने गर्छ । अदुवाको सेवनले पाचन रसलाई उत्तेजित बनाउने गर्छ । र हाम्रो पाचन क्रियामा सुधार आउँछ । एसिडिटीका कारण पेट दुख्ने समस्या पनि अदुवाको प्रयोगबाट निको हुन्छ । मेवामेवामा प्राकृतिक इन्जाइम हुन्छ, जुन पाचनका लागि धेरै राम्रो मानिन्छ । मेवा खाँदा पेटको पिएचमा सुधार हुन्छ । यसले एसिडिटी कम गर्छ र पेटको समस्याबाट राहत दिन्छ ।